महोत्तरीमा स्वयंसेविकाले पाइन् मोवाइल सेट


महोत्तरी, २० मंसिर । १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा स्वंमसेविकालाई विहिवार मोवाइल सेट वितरण गरिएको छ ।

मटिहानीको सबै वडाका स्वयंमसेविका महिलालाई मोवाइल सेट वितरण गरिएको हो । सेवा प्रदान गर्न सहजता होस् भन्ने उदेश्यले मटिहानी नगरपालिकाले ३६ महिला स्वयंमसेविकालाई मोवाइल सेट वितरण गरेको नगर प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

मोवाइल सेट पाएपछि स्ववयंम्सेविकाहरु खुसी भएकी छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले स्वयंमसेविकालाई मोवाइल सेट वितरण गर्नुको उदेश्य सञ्चार एवं सुचनामा पहुँच बढाउने पनि रहेको बताए ।

प्रकाशित : २०७६ मंसिर २०, शुक्रबार ०२:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ