सिरहाको लक्ष्मीपुर पतारीमा अनियमितता विरुद्ध नेकपाको आन्दोलन


लहान, २१ मंसिर। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा भइरहेको अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलित भएको छ । शुक्रवार नेकपाका नेता तथा कार्यकर्ताहरुले एक घण्टा धर्ना दिएका छन् ।

गाउँपालिकाको वडाहरुको बजेट घटाउने मनसाय देखिएकाले गरिएको गाउँसभा स्थगित गर्नुपर्ने लगायतका माग राखेर नेकपा आन्दोलनको घोषणा गरेको छ । नेकपाले केहिदिन अगाडी गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाएको थियो । तर माग सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गर्नुपरेको नेकपाका नेताहरुले बताएका छन् ।

विशेष गाउँसभाको औचित्यमाथि प्रश्न उठाउँदै नेकपाले स्थगित गर्नुपर्ने, समयमा विभिन्न शिर्षकको भत्ता वितरण नभएको, अस्थायी कर्मचारीलाई योजना दिएर सरकारी बजेट दुरुपयोग गरेको नेकपाले जनाएको छ । लक्ष्मीपुर पतारी गाउँपालिकामा विगतका आर्थिक बर्षहरुमा शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि जस्ता क्षेत्रहरु सुधारोन्मुख नदेखिएका समेत आरोप लगाएका छ ।

नेकपाले नगरपालिकामा भइरहेको अनियमितता रोक्नुपर्ने भन्दै मागको बेवास्ता गरिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । नेकपाले मंसिर २२ गते नारा जुलुस सहित विरोध गर्ने र मंसिर २५ गते गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर २१, शनिबार ०२:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ