BREAKING- जनकपुरमा कबर्ड हल नजिकै विस्फोट, एक घाईते


जनकपुरधाम, २१ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती भइरहेको जनकपुरधामको कबर्ड हल नजिकै विस्फोट भएको छ । कबर्ड हलदेखि करिब ३ सय मिटर पश्चिमतर्फ विस्फोट भएको हो ।

विस्फोटमा १० वर्षीय बालक आलोक राउत घाईते भएका छन् । उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल लगियो । तर त्यहाँ उपचार सम्भव नभएपछि धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।

कुस्ती खेल उद्घाटनका क्रममा नपड्केको पटाका घर लगेर पड्काउन खोज्दा बालक राउत घाईते भएको बताइएको छ ।

https://www.youtube.com/watch?v=ufYVZmB5SSY
https://www.youtube.com/watch?v=WBjy0Tcj4KU
https://www.youtube.com/watch?v=P6sE4d_sE9w
प्रकाशित : २०७६ मंसिर २१, शनिबार ०४:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ