गढीमाई मेलामा चोरी गर्ने गिरोह सक्रिय, १६५ जना पक्राउ


बारा, २२ मंसिर । ऐतिहासिक गढीमाई मेलामा चोरी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । चोरी गर्नेक्रममा १६५ जना पक्राउ परेपछि यस्तो चोरहरुको गिरोह सक्रिय रहेको पुष्टि भएको हो ।

मेलामा ठूलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन भएका छन् । उनीहरुले १६५ चोरलाई पक्राउ गर्न सफल भएका छन् । मेला भर्न आएका श्रद्धालु भक्तजनहरूको नगद तथा जिन्सी समान चोरी गर्दागर्दै १६५ चोर पक्राउ परेको बारा प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये १ सय २४ जनालाई आवश्यक छानबिन गरी जमानीमा छाडिएको छ । अन्य ४१ जनामाथि प्रहरीले कारबाही अगाडी बढाएको छ । कारबाहीमा परेका मध्ये ४१ जना भारतीय छन् ।

बाराको महागढीमाई नगरपालिका १ बरियारपुरस्थित गढीमाइ मन्दिरमा प्रत्येक ५ वर्षमा लाग्ने मेला यसबर्ष पनि लागेको छ । उक्त मेलामा नेपाल र भारतका लाखौं श्रद्धालु आउने गर्छन् । भिडभाडका कारण चोरी गर्न सहज हुन्छ भनेर चोरहरु सक्रिय हुने गरेको बताइएको छ ।

https://www.youtube.com/watch?v=zoQZS4JWWqo
https://www.youtube.com/watch?v=NgExQU981zo
https://www.youtube.com/watch?v=4KjVVkJV-44
प्रकाशित : २०७६ मंसिर २२, आईतवार १५:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ