प्रदेश ३ सरकार स्वर्ण जित्नेलाई १ लाख दिने


हेटौडा, २३ मंसिर । प्रदेश ३ सरकारले सागमा पदक जित्ने प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । आज बसेको प्रदेश ३ सरकारको बैठकले १३ औं सागमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

प्रदेश ३ बाट सहभागी भइ स्वर्ण पदक जित्नेलाई १ लाख रुपैयाँ, रजत जित्नेलाई ५० हजार रुपैयाँ र कास्य पदक हासिल गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २०७६ मंसिर २३, सोमबार १३:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ