सिरहामा बुहारीलाई बलात्कार र सासूलाई हत्या गरेर फरार यि ब्यक्ति पक्राउ


रामभरेासि यादब, सिरहा, २३ मंसिर । सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरिएको छ ।

सिरहाको भगवानपुर गाउँपालिका-३ का ३८ वर्षीय अजय कुमार यादवलाई पक्राउ गरिएको हो । अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी यादवलाई एक बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गत बर्ष कार्तिक ३० रातिको समयमा घरमा कोही नभएको समयमा ३८ बर्षिय महिलालाई बलात्कार गरी ति महिलाको ६८ वर्षिय सासूको हत्या गरेको थियो । यादब घरमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरिएको छ ।

पक्राउ परेका यादब लाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर २३, सोमबार १५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ