प्रदेश २ मा पस्यो अख्तियार, भुक्तानी नगर्न मन्त्रीहरुलाई निर्देशन


जनकपुरधाम, २४ मंसिर । प्रदेश २ सरकारका योजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।

आठवटा जिल्लामा प्रदेश सरकारद्धारा वितरण भएका योजनाहरु कार्यान्वयन भए नभएको बारे अख्तियारले अनुसन्धान थालेको थालेको जनाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको प्रवक्ता प्रदीपकुमार कोईरालाका अनुसार प्रदेश सरकारले वितरण गरेको योजनामा भ्रष्टाचार भएको अंशाकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुबाट वितरण गरिएका ८ सय ४२ वटा योजना मध्ये ५ सय ९० वटाको रकम हालसम्म पनि निकासा भएको छैन । उपभोक्ता समितिमार्फत् भएका कामहरुमा ९० करोड भन्दा बढि रकम भुक्तानी हुन बाँकी छ ।

अख्तियारले योजना बाँडफाँड गर्ने मन्त्रालयहरुलाई मंसिर १९ गते नै पत्राचार गरि अनुसन्धान प्रकृयाअघि बढाएको जनाए । अख्तियारले मन्त्रालयहरुलाई पठाएको पत्रमा लेखिएको बेहोरामा प्रतिकृयासहित आवश्यक कागजात उपलब्ध गराइदिन उल्लेखित छ ।

स्रोतको अनुसार अख्तियारले प्रदेश सरकारको सबै फाइल योजनाको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । अख्तियारले अनुसन्धान नगरे सम्म योजनाको फर्छयौट नगर्न प्रदेश सरकारलाई निर्देशन समेत दिइएको छ ।

https://www.youtube.com/watch?v=WJPnlu68IcM
https://www.youtube.com/watch?v=jSjf0NyamQc
प्रकाशित : २०७६ मंसिर २४, मंगलवार ०२:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ