विभेदकै कारण मानव विकास सुचकांकमा पछाडी छौ : मुख्यमन्त्री राउत


जनकपुरधाम, २४ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा व्याप्त विभेदकै कारण मानव विकास सुचकांकमा पछाडी रहेको बताउनु भएको छ ।

युएनडिपीले आज जनकपुरमा आयोजना गरेको मानव विकास प्रतिवेदनको सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले मुलुकमा व्याप्त राजनीतिक, समाजिक, आर्थिक, क्षेत्रीय तथा जातीय विभेदको कारण विकास गर्न नसकेको उल्लेख गर्नुभयो ।

मुलुक तथा समाजबाट विभेद अन्त्य गर्न नसकिएसम्म समृद्धिको बाटो अंगाल्न नसक्ने उल्लेख गर्नु हुँदै उहाँले समग्र विभेद अन्तको लागी शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी कहाँ धरै किसिमका विभेदहरु छन, लैगिक विभेद , जातीय विभेद यसका उदाहरणहरु मात्र हुन, यसको अन्तको लागी शिक्षालाई प्राथमिकतामा राखेर अघि बढनु पर्दछ । विभेदमा परेका वर्ग समुदाय शिक्षित नभए सम्म यसको अन्त गर्न सकिदैन । र विभेद अन्त नभएसम्म हामी विकसित हुन सक्दैनौ ।’

उहाँले प्रदेश २ को सरकारले यही विभेदलाई अन्त गर्न बेटी पढाउ बेटी बचाउ, दलित सशक्तिकरण जस्ता कार्यक्रमहरुलाई अघि बढाएको उल्लेख गर्नु भयो । युनडिपीले सार्वजनिक गरेको प्रविदेनमा नेपाल मानव विकास सुचकांकमा १४७ औ स्थानमा छन । सार्क मुलुकमा पनि नेपाल अफगानिस्तान भन्दा मात्र अगाडी छ ।

प्रकाशित : २०७६ मंसिर २४, मंगलवार ०८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ