साग उद्घाटनमा नपड्केको पटका पड्काउँदा घाइते बालकको मृत्यु


जनकपुरधाम, २४ मंसिर । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलको उद्घाटन समारोहमा नपड्केको पटाका लिएर पड्काउने क्रममा घाइते भएका एक बालकको मंगलबार मृत्यु भएको छ ।

जनकपुरधाम १३ स्थित कबर्ड हलनजिकै घर भएका निर्मला राउतका घाइते १० वर्षीय छोरा आलोक राउतको मृत्यु भएको हो । सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उपचारकै क्रममा बालक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले जानकारी दिए ।

मंसिर २० गते कुस्ती खेलको उद्घाटनका क्रममा पटाका पड्काइएको थियो । सोमध्येका पड्किन नसकेका पटाका बालक राउत घरमा लगेर पड्काउन खोजेका थिए। पटाका पड्केपछि घाइते भएका बालकको पेट जलेको थियो ।

गम्भीर घाइते भएका बालक राउतलाई तत्कालै प्रादेशिक अस्पताल ल्याएको थियो । तर, उपचार सम्भव नभएपछि केहीबेरमै धरान रेफर गरिएको थियो ।

प्रकाशित : २०७६ मंसिर २४, मंगलवार १०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ