पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ


जनकपुरधाम, २४ मंसिर । सर्लाहीमा नलकटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २१ बर्षीय संजय सिंह पक्राउ परेका हुन् ।

जिल्लाको बिष्णु गाउँपालिका–२ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित चालक सिंहलाई प्रहरीले पक्राउ गरेका थिए ।

सिंहमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ मंसिर २४, मंगलवार ११:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ