सप्तरीमा अज्ञात रोगले बंगुर मर्न थाल्यो, किसान चिन्तित


सप्तरी, २५ मंसिर । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा अज्ञात रोगले बंगुर मर्न थालेपछि किसानहरु चिन्तित भएका छ्न । स्थानीय कुलानन्द प्रसाद चौधरीले संचालनमा ल्याएको बंगुर फर्ममा अज्ञात रोग फैलिएर एकै पटक ३५ वटा बंगुरको मृत्यु भएको छ ।

मुख सुनिने, शरीरको तापक्रम बढ्ने र जिउ काम्ने लक्षण देखापरेको १ घण्टा भित्र मर्ने गरेको फारम संचालक चौधरीले बताए । सोमबार २ बजे देखि देखिएको रोगको लक्षण मंगलबार १० बजे सम्म ३५ वटा बंगुर मरेको उनले जानकारी दिए । ‘सोमबार बिहानको आहारा राम्रो खाएको थियो फार्म संचालक चौधरीले भने, “दिउँसोको आहारा दिन जाँदा धमाधम बंगुर मरेको देखे ।”

उनले बंगुर मर्न थालेपछि थाहा पाउन साथ स्थानीय ग्रमिण पशु स्वास्थ्य कार्यकर्तालाई बोलाएर उपचार गराएपनि नियन्त्रणमा आउन नसकेको बताए । उनले बंगुर मर्नेक्रम नरोकिएकोले खोरै सुन्ने हुने भयो भन्दै चिन्ता व्यक्त गरे । दुई बर्ष अगाडी २२ लाख भन्दा बढी लगानी गरेर १ सय ५ वटा बंगुर पालेको चौधरीले बताए । उनले ७ लाखको बंगुर निर्यात गरेको बताउदै आम्दानी लिने बेलामा रोग फैलिएर लाखौ क्षती भएको दुखेसो सुनाए ।

अज्ञात रोगले रुपनी गाउँपालिकाका भद्र कुमारी लामा, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का सुबास राई, सन्जमान तामाङ लगायतका दर्जनौ बंगुरपालक किसानहरुले पालेका बंगुर सोही लक्षण देखा परेर मरेको ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताहरुले बताए । यसबारे पशु स्वास्थ्य सम्पर्क केन्द्र सप्तरीका प्रमुख सुर्य नारायण शर्माले रोग फैलिएको बारे जानकारी हुन साथ माथिल्लो निकायमा जाहेर गरि सकेको बताएका छन् ।

प्रकाशित : २०७६ मंसिर २५, बुधबार ०३:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ