मोटरसाइकलको सिटमुनि लुकाएको ११ किलो चरेस बरामद, तस्कर फरार


वीरगंज, २६ मंसिर । सशस्त्र प्रहरीले ११ किलो चरेस बरामद गरेको छ । मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा उक्त चरेस सशस्त्र प्रहरीले विहिवार बरामद गरेको हो ।

जगरनाथपुर गाउँपालिका १ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बिओपी भिखमपुरको टोलीले चरेश बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगंजका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुवरले जानकारी दिए ।

प्रहरी उपरीक्षक कुवरका अनुसार सशस्त्र प्रहरी निरीक्षक निरन्जन नायजुको नेतृत्वको गस्ती टोलीलाई देखेर भारतीय नम्बर बिआर २२ जेड ३१२९ नम्बरको मोटरसाइकल छोडेर अज्ञात व्यक्ति भागेका थिए ।

प्रहरी टोलीले चोरीको मोटरसाइकल ठानेर बरामद गरेको मोटरसाइकलको जाच गर्दा सिटमुनि चरेस लुकाएर राखेको अवस्थामा फेला परेको थियो ।

प्रकाशित : २०७६ मंसिर २६, बिहीबार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ