सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा पनि बम विस्फोट


सिरहा, २८ मंसिर । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा पनि बम भएको छ । शुक्रवार राति गाउँपालिका कार्यालयको माथिल्लो कोठामा बम विस्फोट भएको हो ।

बम विस्फोटबाट कार्यालयको झंयाल र ढोकामा क्षति पुगेको छ । विस्फोट कसले गराएको विषयमा केहि खुल्न सकेका छैन । विस्फोट भएको कार्यालय नजिकै लक्ष्मीपुर पतारी कार्यालय पनि रहेको छ ।

घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेको नाम र ठेगाना सार्वजनिक गरिएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७६ मंसिर २८, शनिबार ०६:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ