Breaking- धनुषा बम विस्फोटको आशंकामा दुईजना पक्राउ


जनकपुधाम, २८ मंसिर । धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अहिले पक्राउ पर्नेहरुको पहिचान भने खुलाएका छैन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले बम विस्फोट गराएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको जानकारी दिए। उनले भने, ‘घटनामा संलग्न नै हो भनेर अहिले भन्न सकिँदैन । अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका छौं ।’

पक्राउ परेकामध्ये एकजना महेन्द्रनगरकै भएको र विप्लव समूहसँग आबद्ध रहेको स्रोतको दाबी छ। मृतकमध्येका राजेश्वर साह औषधि व्यावसायी रहेको र रकमसमेत लगानी गरिँदै आएको थियो ।

घटनास्थल पुग्दा जे देखियो, हेर्नुस् भिडियो :

https://www.youtube.com/watch?v=ztsd_NrVVDM

‘पक्राउ परेका एक व्यक्ति पनि मृतक साहसँग रकम लिएको थियो’, स्रोतले भन्यो, ‘लिएको ऋण तिर्न मृतक साह पटकपटक दबाब दिँदै आएका थिए । सोही कारण विस्फोट गराएको हुनसक्ने अनुमान छ ।’

पक्राउ परेका अर्का व्यक्ति विप्लवसँग आबद्ध भएको व्यक्तिसँग सम्पर्क रहेको बताइएको छ। विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्सपेक्टर अमिर दाहाल, राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ।

घटनामा घाइते साहकै तीन आफन्‍तको उपचार धरानमा भइरहेको छ।

  • thahakhabar.com
प्रकाशित : २०७६ मंसिर २८, शनिबार ०७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ