बमकाण्ड : मृतक बाबु–छोराको दाहसंस्कार गरियो, पूर्वमन्त्री महासेठ र जनकपुरका मेयर पनि सहभागी


सन्तोष यादब/ जनकपुरधाम, २९ मंसिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोटमा ज्यान गुमाएका राजेश्वर साह र उनका छोरा आनन्द साहको आज साँझ दाहसंस्कार गरिएको छ ।

मृतक राजेश्वरका भतिजा अंशु साहले दुवै जनालाई दागबत्ती दिए । अंशु मात्र ८ वर्षका छन् । मृतक राजेश्वरका काञ्छा छोरा प्रकाश समेत विस्फोटको छर्रा लागेर गम्भिर घाईते छन् । उनको धरानमा उपचार भइरहेको छ । उनका भाई राजकुमार साह खाडी मुलुक मलेसियामा रहेको बताइएको छ ।

नेकपा नेता तथा पूर्वमन्त्री रघुविर महासेठ र जनकपुरधामका मेयर लालकिशोर साह समेत दाहसंस्कारमा सहभागी भए । उनले घटनाप्रति दुःख व्यक्त गर्दै अपराधीलाई अविलम्ब पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

विस्फोटपछि शोकमा डुबेका महेन्द्रनगरका हजारौं मानिस दाहसंस्कारमा सहभागी भएका थिए ।

प्रकाशित : २०७६ मंसिर २९, आईतवार ०१:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ