बमकाण्ड : प्रदेश सरकारले घाइतेको उपचार र मृतक परिवारलाई आर्थिक सहयोग गर्ने


जनकपुरधाम, २९ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले धनुषा को क्षिरेश्वरनाथ नपा ५ महेन्द्रनगर मा शुक्रबार राती भएको बम बिस्फोट घटनाको पीडित परिवार लाई भेट्नु भएको छ ।

आज बिहान टोलीसहित घटनास्थल पुग्नु भएको मुख्यमन्त्री राउतले घाइते हरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने बताउनुभयो । मृतक परिवार लाई उपलब्ध गराईने रकमबारे आउदो मन्त्री परिषद्को बैठकबाट निर्णय गरिने बताउनुभयो ।

टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, प्रदेश सभा सद्स्य सिघासन सा कलबार सहित को सहभागिता रहेको थियो ।

बम बिस्फोट को घटनामा परि प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छ । घाइतेहरुको उपचार धरानमा भैरहेको छ ।

प्रकाशित : २०७६ मंसिर २९, आईतवार ०५:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ