चन्द्रु चौधरीले निर्माण गरेको फिल्म ‘बदला’को च्यारिटी शो लहानमा


लहान, २९ मंसिर । मोसन स्टुडियोको ब्यनरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘बदला’को लहानमा च्यारिटी शो गर्ने तयारी थालिएको छ । उक्त फिल्मको पशुपति डिजिटल सिनेमा हल लहानमा अगामी पुस ३ गते च्यारिटी शो गर्न लागेको हो ।

लहानकै युवा चन्द्रु चौधरीले निर्माण गरेको फिल्म हो ‘बदला’ । यो फिल्म सिरहाको रियल घटनामा आधारित भएको निर्माता चौधरीले बताए । उनका अनुसार फिल्म जनचेतना मुलक रहेको छ । फिल्मको मुख्य भुमिकामा सबिन श्रेस्ठ, नम्रता योगि, चन्द्रु चौधरी, मन्जिला चौधरी, राजाराम साह रहेका छन् ।

यस्तै फिल्मको कथा गजेन्द्र गजुले तयार पारेका छन् भने फिल्मको निर्देशन समीर मियाले गरेका छन् । फिल्म बिनोद साप्कोटाले खिचेका छ भने साउथ एकशन दिएका हुन् । राजेन्द्र चौधरीले संगित भरेका छन् । फिल्मको शुटिङ चरिकोटको दोलखा मन्दिर, सगरमाथा सहितको ठाउँमा गरिएको छ ।

फिल्ममा अधिकतर मधेसका कलाकार छन् । उक्त फिल्ममा राजेश पायल राई र अन्जु पन्तको गित रहेको छ । च्यारिटी शोमा टिकटको व्यवस्था गरिएको छ ।

प्रकाशित : २०७६ मंसिर २९, आईतवार ११:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ