भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिप्लिएर सिँढीमा लडेपछि…


२९ मंसिर । भारत उत्तर प्रदेशको कानपुरमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार सिँढीमा लडेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार कानपुरस्थित अटलघाटमा गंगामा यात्रा गरिसकेपछि मोदी सिँढी चढ्दै थिए । सोही क्रममा सिँढीको बीचमा मोदीको खुट्टा चिप्लियो र उनी लडे । उनीपछाडि रहेका सुरक्षाकर्मीहरुले सम्हालेपछि मोदी आफैँ लडेको ठाउँबाट उठेका थिए ।

यसअघि पनि उक्त सिँढीमा पटकपटक मानिस लड्ने गरेका थिए । यसबारे स्थानीय सुरक्षा अधिकारीहरुले शुक्रबार छलफल पनि गरेका थिए । तर, सबै साबधानी अपनाउँदा अपनाउँदै मोदी सिँढीमा लडेका हुन् ।

यसको भिडियो भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

प्रकाशित : २०७६ मंसिर २९, आईतवार १४:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ