विप्लवका कार्यकर्ताले प्रधानाध्यापक चौधरीलाई दले ‘कालोमोसो’


कैलाली, २९ मंसिर । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेका छन् ।

आइतबार दिउँसो प्रधानाध्यापक रामछविला चौधरीलाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन् । विद्यालयमा अनियमितता गरेको, शिक्षकलाई तलब दिन नसकेकोलगायतको आरोपमा चौधरीलाई मोसो दलेको विप्लव समूहले दाबी गरेको छ ।

प्रकाशित : २०७६ मंसिर २९, आईतवार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ