जनकपुरको संकट मोचन मन्दिर नजिक फेला परेको बम डिस्पोज गर्ने सेनाको तयारी


जनकपुरधाम, ३० मंसिर । जनकपुरधाम उपमहानगरपालिका ९ स्थित संकट मोचन मन्दिर नजिकै शंकास्पद बस्तु फेला परेको छ ।

सडककै छेउमा राइस कुकर राखिएको छ । उक्त कुकर बम रहेको आशंकामा गएराति १० बजेदेखि नै प्रहरी घेरा हालेर बसेका छन् । नेपाली सेनाको टोली समेत घटनास्थलमा छन् ।

शंकास्पद बस्तु (कुकर) राखिएको ठाउको चारैतिर घर छ । मान्छेहरु घरमा राति रहेकाले अहिलेसम्म सेना डिस्पोज गरेका छैन । अब बम हो कि होइन भनेर सेनाले यकिन गर्ने र बम हो भने डिस्पोज गर्ने धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

शंकास्पद बस्तुले स्थानीय त्रसित बनेका छन् । घर नजिकै उक्त बस्तु भेटिएपछि रातभर अरुको घरमा बसेको स्थानीय अशोक दत्तले बताए ।

प्रकाशित : २०७६ मंसिर ३०, सोमबार ०२:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ