जनकपुरमा अर्को ठाउँमा पनि भेट्यो शंकास्पद बस्तु, स्थानीय त्रसित


जनकपुरधाम, ३० मंसिर । जनकपुरधामस्थित बारह् विघाको उत्तर–पूर्व कुनामा पनि शंकास्पद बस्तु फेला परेको छ । आज विहान यहाँ भेटेएको शंकास्पद बस्तुको आसपासमा सुरक्षाकर्मीले सर्वसधारणलाई जान रोकेका हुन् ।

आईतवार राति करिब १० बजे संकटमोचन मन्दिरदेखि पश्चम गल्लीमा शंकास्पद कुकर फेला परेको थियो । उक्त कुकर बम भएको प्रहरीको अनुमान छ । त्यो शंकास्पद बस्तु बम हो वा होइन् अझै यतिक सेनाले पनि गर्न सकेका छैन ।

शंकास्पद बस्तु भेटेको दुबै ठाउँ करिब ६/७ सयको मिटरमा पर्छ । दुबै ठाउँमा नेपाली सेनाको टोली पुगिसकेका छन् । बम रहेको पुष्टि भएपछि दुबै ठाउँको ति शंकास्पद बस्तु (बम) डिस्पोज सेनाले गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=s0cTC43k82o
प्रकाशित : २०७६ मंसिर ३०, सोमबार ०३:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ