धनुषामा श्रृखलावद्ध बम : राज्यमन्त्रीले भने– संघीयता असफल पार्ने षड्यन्त्र त भइरहेको छैन ?


जनकपुरधाम, ३० मंसिर । धनुषामा श्रृखलावद्ध शंकास्पद बस्तु भेटिन थालेपछि प्रदेश २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले संघीयता असफल पार्ने षड्यन्त्र भइरहेको आशंका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर राज्यमन्त्री मण्डलले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले भनेका छन्– प्रहरी, प्रशासन, सेना, गुप्तचर, दशवर्षे शसस्त्र युद्धको अनुभव सबै २/३ सरकारसंग छ । तैपनि प्रदेश २ मा दिनहुँ जसो बम बिस्फोट र आतङ्कका घटना घटिरहेका छन् । कहिँ प्रदेश सरकार र संघीयता असफल पार्ने षडयन्त्र त भैरहेको छैन ?

राज्यमन्त्री मण्डलले शान्ति सुरक्षा देऊ नभए प्रहरी प्रशासन प्रदेश सरकार मातहत दिन संघीय सरकारसँग माग समेत गरेका छन् । उनले थपेका छन्– प्रदेश २ र यहाँको जनताको सुरक्षा प्रदेश २ सरकारले गर्छ । मधेसी जनता होसियार ।’

https://www.youtube.com/watch?v=s0cTC43k82o
प्रकाशित : २०७६ मंसिर ३०, सोमबार ०६:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ