विद्या भट्टराईले लिइन् सांसदको सपथ


काठमाडौं, १ पुस । गत मंसिर १४ को उपनिर्वाचनमा कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् ।

सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सिंहदरबारको संसद सचिवालयमा शपथ ग्रहण गराएकी हुन् । सांसदहरुलाई सभामुखले सपथ ग्रहण गराउने प्रचलन भए पनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराएको बताइएको छ ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रवीन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित : २०७६ पुष १, मंगलवार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ