जनकपुरमा न्यायाधीशका सुरक्षागार्डकै पेस्तोलसहित प्रेमी फरार, घटना लुकाउने प्रयास


सन्तोष यादव/ जनकपुरधाम, १ पुस । जनकपुरस्थित उच्च अदालतका एक न्यायाधीशकी सुरक्षा गार्डकै पेस्तोल लिएर प्रेमी भागेका छन् । न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड रहेकी प्रहरी जवान रनिताकुमारी केवटको पेस्तोल लिएर प्रेमी भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दरबन्दी भएकी प्रहरी जवान केवटको प्रेमी सिबेन्द्र यादवले पेस्तोल लिएर भागेको प्रहरी स्रोतले जनाएको छ । सुरक्षा गार्ड केवट जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरी लिएर बस्दै आएकी थिइन् ।

पेस्तोल लिएर भागेका यादब नवलपुरासी देउडा ६ का बासिन्दा हुन् । यादवले लिएर भागेको पेस्तोलमा ७ राउण्ड गोली लोड थियो । प्रहरी जवान केवटसँगै उनी केहि दिनदेखि डेरामा बस्दै आएका थिए । उनी कहिले भागेको विषयमा प्रहरीले बताउन चाहेका छैन ।

https://www.youtube.com/watch?v=kohHV_k-x5o&t=257s

घटनापछि सुरक्षागार्ड केवटलाई जिल्ला जिल्ला प्रहरी कार्यालयमा तानिएको एक प्रहरी अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले उक्त घटना लुकाउने प्रयास गरेका छन् ।

डिएसपी कार्कीले प्रहरी जवान केवटसँग झगडा मात्र परेको दावी गरे । उनले भने, ‘पेस्तोल लिएकार भागेका छैन ।’

यता, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी ज्ञानकुमार महतोले भने सुरक्षागार्ड बसेकी प्रहरी जवान केवटबाट एक जनाले पेस्तोल लिएर भागेको पुष्टि गरेका छन् ।

उनले घटना विषयमा अनुसन्धान भइरहेको समेत बताए । उनले भने, ‘प्रहरी जवान केवटसँग झगडा भएको बुझिएको छ । त्यसपछि पेस्तोल लिएर केटा भागेको जानकारी पाएको छु ।’

  • thahakhabar.com
https://www.youtube.com/watch?v=ztsd_NrVVDM
https://www.youtube.com/watch?v=8C6-ywNbZgs
प्रकाशित : २०७६ पुष १, मंगलवार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ