धनशक्ति र जनशक्तिको अभावमा पनि उल्लेख्य उपलब्धी हासिल गर्यौं : प्रदेश मन्त्री सोनल


काठमाडौं, १ पुस । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले धनशक्ति र जनशक्तिको अभावमा पनि आफूहरुले उल्लेख्य उपलब्धि हाँसिल गरेको दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री सोनलले सिमित स्रोत र साधनको बावजुदपनि प्रदेश नम्बर २ को सरकारले राम्रो काम गरेको दावी गरेका हुन् । उनले काम गर्नको लागि आवश्यक जनशक्तिको पनि अभाव रहेको गुनासो गरे । उनले प्रदेश नम्बर २ को सरकार प्राथमिकीकरण तय गरेर नै अघि बढिरहेको स्पष्ट पारे ।

रोड कनेक्टिभिटीअन्तर्गत पालिकादेखि पालिकासम्म सडकको पहुँच बनाउने, पालिकादेखि सदरमुकामसम्म र ती बाटाहरु राजमार्गसम्म जोड्नेगरि काम गरिएको उनले बताए । उनले पूर्वाधार विकासमात्रै नभएर उनले मानवीय विकासको लागि पनि प्रदेश सरकार प्रभावकारी रुपमा अघि बढिरहेको स्पष्ट पारे ।

कृषि, भौतिक पूर्वाधार, धार्मिक पर्यटनको अलावा सोलार उर्जाको पनि आफ्नो प्रदेशमा प्रचुर सम्भावना रहेको उनले जानकारी दिए ।

https://www.youtube.com/watch?v=FOMR9fBcY0Y

प्रकाशित : २०७६ पुष १, मंगलवार १६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ