जनकपुर अंचल अस्पतालका दुई डाक्टरलाई ६ महिना कैद सजाय


जनकपुरधाम, २ पुस । विशेष अदालत काठमाडौंले बलात्कारको गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका दुई जना डाक्टरलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतले मंगलबार डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको छ ।

विशेषले उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

ती डाक्टरले धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको गलत प्रतिवेदन दिएका थिए ।

प्रकाशित : २०७६ पुष २, बुधबार ११:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ