भारतले वेष्टइन्डिजलाई हरायो


३ पुस । भारतले वेस्टइंन्डिजविरुद्धको दोस्रो खेलमा १०७ रनको प्रभावसाली जीत निकालको छ । विशाखपट्नामा भएको दोस्रो एकदिवसीय खेलमा जित निकालेसँगै सिरिज १–१ को बराबरीमा पुगेको छ ।

अब अन्तिम एकदिवसीय खेलले सिरिज जित्ने टिमको टुंगो लाग्ने छ । टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका ओपनर रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि २२७ रनको सानदार साझेदारी गरेका थिए ।

रोहितले १३८ बलको सामना गर्दै १७ चौका र ५ छक्का प्रहार गर्दे १५९ रन बनाउँदा राहुलले १०४ बलमा १०२ रन बनाएका थिए। राहुलले ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै विशाल स्कोरमा पु¥याउन श्रयस अयरले ५३ रनको अर्धसतकीय इनिङ खेले । त्यस्तै रिसभ पन्तका नाममा ३९ रन रह्यो ।

जवाफमा वेस्टइंन्डिज २८० रनमा अलआउट भयो । ४३ दशमलव ३ ओभरमा अलआउट हुँदा वेस्टइंन्डिजका लागि साही होप र निकोलस पुरनले अर्धसतकीय इनिङ खेलेका थिए। होपले ७८ रन बनाउँदा पुरनले ७५ रन बनाए । त्यस्तै केमो पउलले ४६ रन जोड्दा इभिन लुइसले ३० रनको योगदान दिएका थिए ।

प्रकाशित : २०७६ पुष ३, बिहीबार ०२:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ