लहानका मेयर साहले जग्गा फुकुवा गर्न मन्त्रालयलाई गरे पत्राचार


जयनाथ यादब / लहान, ३ पुस । लहान नगरपालिका क्षेत्रभित्र रहेको गाउँ ब्लक र बाल बिटोरी जग्गा फुकुवा गर्न मेयर मुनी साहले भुमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ ।

उक्त जग्गा फुकुवाका लागि संघर्ष समितिले प्रदर्शन गरी सम्बन्धित सबै निकायलाई ज्ञापनपत्र बुझाएपछि मेयर साहले पनि मन्त्रालयलाई पत्राचार गरेका हुन् । गाउँ ब्लक र बाल बिटौरी जग्गाको जग्गा धनीहरुले हालसम्म जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न नसकेका कारण सर्वसधारण जनताहरु ठूलो पिरमर्का भोगी रहेको मेयर साहले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

उक्त जग्गा सम्बन्धित जग्गा धनिलाई वितरण तथा हस्तान्तरणको समेत व्यवस्था मिलाई सम्बन्धित मालपोत कार्यालय लहान सिरहालाई पत्राचार गरिदिन मन्त्रालयसँग मेयर साहले पत्रमार्फत अनुरोध गरेका छन् ।

https://www.youtube.com/watch?v=IBtiZVHJa0M
https://www.youtube.com/watch?v=kohHV_k-x5o
प्रकाशित : २०७६ पुष ३, बिहीबार ०२:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ