प्रदेश २ का राज्यमन्त्री र साँसदबीच आरोप प्रत्यारोप, नेकपा साँसदले भने– जनता लखेट्ने अवस्था आयो


सन्तोष यादब/ जनकपुरधाम, ३ पुस । मानवअधिकार सम्बन्धी एक कार्यक्रममा प्रदेश २ का सत्तापक्ष र प्रतिपक्ष साँसदहरुले आरोप प्रत्यारोप गरेका छन् । प्रदेश २ का एक राज्यमन्त्री र साँसदले संघीय सरकारमाथि खनिएपछि प्रतिपक्षी साँसदले उनीहरुको कुराको खण्डन गरे ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले संघीय सरकारको असहयोगले काम गर्न समस्या भइरहेको गुनासो गरेका छन् । उनले यस प्रदेशमा कर्मचारीहरु भ्रमण आएजस्तै व्यहार गर्ने गरेकाले कसरी काम हुन्छ भनेर आक्रोस पोखे । उनले भने, ‘यहाँ कुनै कर्मचारी रिटायर्ड हुने अवस्थामा आउँछन् त कुनै कर्मचारी बढावा हुने सोचेर आउने गर्छन् ।’

राज्यमन्त्री कुशवाहाले ५ हजार कर्मचारीको आवश्यकता रहेको ठाउँमा मात्र ४ सय कर्मचारी रहेको सुनाए । उनले यहाँका शासक वर्गले अहिले पनि । दुई शक्तिले संघीयता असफल पार्नमा लागेको भन्दै उनले भने, ‘एउटा शक्ति साधन स्रोतको अभाव देखाएर प्रदेश सरकारलाई बदमान गर्न लागेका छन् । अर्को शक्ति राजनीतिक रोटी सेक्ने काम गर्छन् । अनी भन्छन् प्रदेश सरकारले कामै गरिरहेका छैन । यो कुरा सबैले बुझ्न जरुरी छ ।’

https://www.youtube.com/watch?v=BuKLUxCtMz8&t=3s

उनले प्रदेशमा शान्ति सुरक्षा बिग्रिदै गएको छ तर संविधानलाई टेकेर प्रहरी ऐन ल्याउँदा संघीय सरकारले ओभरटेक गर्न खोज्यो भनेर प्रहरी भर्ना गर्न नदिएको गुनासो पोखे । उनले यहाँ जघन्य अपराध, भ्रष्टाचार लगायतका घटना घट्दा पत्रकारले प्रश्न गर्दा उत्तर दिन नसक्ने अवस्था सृजना भएको पनि बताए । संघीय सरकारले आवश्यक कानून नबनाउँदा पनि समस्या भएको उनको भनाई छ ।

यस्तै सत्तारुढ राष्ट्रिय जनता पार्टीका प्रदेश सचेतक प्रमेश्वर साहले पनि संघीय सरकारमाथि आक्रोस पोखेका छन् । उनले यहाँको सिडिओ, एसपी र डिआइजीलाई ओदश दिदा नटेर्ने गरेको सुनाए ।
‘प्रदेश सरकारले न प्रहरीलाई सरुवा गर्न पाउँछन् न कारबाही । अनी किन डराउँछन् ?’, उनले प्रश्न गरे, ‘अनी सुरक्षाको जिम्मेवारी को लिने ? हामी कसरी शान्ति सुरक्षा दिन सक्ने ?’

उनले प्रदेश सरकारसँग सुरक्षाको कुनै जिम्मेवारी नरहेको गुनासो गरे । उनले प्रहरी ऐन ल्याएपनि संघीय सरकारले कानून नबनाउँदा कार्यान्वयण गर्न नसकेको बताए । उनले स्रोत साधनको अभाव र संघीय सरकारको असहयोग हुँदा हुदै पनि केहि सकारात्मक काम गर्दा जतागएपनि चावसी दिने गरेको सुनाए ।

https://www.youtube.com/watch?v=K4MijeugH9E

यता, प्रतिपक्षी दल नेकपाका साँसद रामचन्द्र मण्डलले भएका ऐन र कानूनहरुको आधारमा व्यवस्थापन गर्नुपर्ने भएपनि प्रदेश सरकारले त्यसो गर्न नसकेको आरोप लगाए । उनले पाएको अधिकार सदुपयोग गर्न नसक्ने र थप अधिकारको कुरा गर्ने गरेको भन्दै प्रदेश सरकारको आचलोचना गरे ।

प्रदेश सरकारसँग जनता सन्तुष्ट नरहेको भन्दै साँसद मण्डलले जनतालाई कसरी सन्तुष्ट गर्ने विषयमा ध्यान दिनुपर्ने बताए । उनले आवश्यकता एउटा र बस्तुगत अवस्था अर्कै रहेका कारण त्यसलाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे । प्रदेश सरकारलाई लक्षित गर्दै उनले भने, ‘म्यानेजर यहाँको तपाई । अनी गाली अरुलाई गरेर हुन्छ ?’

https://www.youtube.com/watch?v=IBtiZVHJa0M

‘माननीय जीले भन्नुभयो २ प्रतिशत बजेट पनि छैन’, उनले भने, ‘भएकोमा त काम गर्न सकेका छैन । अनी बजेट अभाव भनेर हुन्छ ?’ उनले गत आर्थिक वर्षमा काम भएको योजनाको त निकासा हुन नपाएको अवस्था रहेको भन्दै उनले जनताले अब लखेट्ने स्थित आएको बताएका थिए ।

प्रकाशित : २०७६ पुष ३, बिहीबार ०५:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ