सरकारले तराई/मधेस द्रुतमार्ग अधिकारभित्रका जग्गाको क्षतिपूर्ति दिने


काठमाडौं, ३ पुस । सरकारले तराई/मधेस द्रुतमार्गभित्र परेका संरचनाको क्षतिपूर्ति दिने भएको छ ।

मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको बिहीबारको नियमिति पत्रकार सम्मलेनमा सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले तराईरमधेश द्रुतमार्ग अधिकारभित्र परेका संरचना तथा जमिनको क्षतिपूर्ति दिने निर्णय गरेको बताए ।

सरकारले मार्गअधिकारभित्र परेका प्रेमबहादुर मोक्तानसमेत सातजना र स्वास्थ्य चौकी भवनको २५ रोपनी २ आना २ पैसा जग्गाको क्षतिपूर्ति दिने निर्णय गरेको हो । यो निर्णय मंसिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

त्यस्तै, सरकारले माथिल्लो सानिगाड जलविद्युत् आयोजनाको हेड वर्क पावर ह्याउसलगायत संरचना निर्माण गर्न बझाङको बुंगल नगरपालिका ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको १.०५ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृत दिएको छ ।

प्रकाशित : २०७६ पुष ३, बिहीबार ११:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ