पर्सामा मोटरसाइकलको ठक्करले बृद्धको मृत्यू, १४ वर्षीय बालक घाईते


पर्सा, ५ पुस । मोटरसाइकलको ठक्करले पर्साको पोखरिया नगरपालिकामा साइकल यात्री बृद्धको मृत्यू भएको छ । दुर्घटनामा १४ वर्षीय एक बालक घाईते पनि भएका छन् ।

दुर्घटनामा साइकल यात्री पोखरिया नगरपालिका ९ का ६७ वर्षीय प्रभु महतोको मृत्यू भएको छ भने बालक रोहित पटेल घाइते भएका हुन् । ना ४६ प ५३३० नम्बरको मोटरसाइकलले साइकल यात्री बृद्ध र बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते बालक पटेलको न्युरो अस्पताल वीरगंजमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल चालक पोखरीया नगरपालिका १० का ४० वर्षीय सुरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७६ पुष ५, शनिबार १९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ