मधेसको चिसोबाट ज्यान जोगाउन अपनाउनुहोस् यी उपाय


जनकपुरधाम, ६ पुस । दिनप्रतिदिन चिसो बढ्दै छ । चिसो मौसममा धेरै मानिस बिरामी पर्छन् । खासगरी बालबालिका र वृद्धवृद्धाका लागि यो मौसम निकै जोखिमपूर्ण मानिन्छ । जाडोमा रुघाखोकी, दम,जोर्नी दुखाइ, श्वासप्रश्वासजस्ता रोगले सताउने हुँदा निकै सतर्क रहनुपर्छ ।

जाडो मौसममा स्वस्थ रहन यी उपाय अपनाउनुहोस्ः


१ घाम ताप्नुहोस्

जाडो मौसममा सम्भव भएसम्म घाम ताप्न बाहिर निस्किनुहोस्। जाडोमा अल्छीपना बढी हुने हुँदा निद्रा कम लाग्ने भएकाले आठ घन्टा सुत्नुहोस्। तनाव घटाउन शारीरिक कसरत वा योग गर्नुहोस्।

२ पर्याप्त फलफूल र तरकारी खानुहोस्

जाडोमा प्रशस्त मात्रामा फलफूल र तरकारीको सुप प्रयोग गर्नुहोस्। यसले शरीर तातो बनाइराख्न महत्वपूर्ण भूमिका खेल्छ। गाँजर, सलगमजस्ता तरकारीलाई उसिनेर, रोस्ट गरेर वा सुप बनाएर पनि खान सकिन्छ।

३ कालो चिया पिउनुहोस्

हरियो चियापत्तीको चिया र कालो चिया स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। यसमा मरिच, अदुवा, दालचिनी प्रयोग गरी सेवन गर्नाले टाउको दुखेको, घाँटीको समस्या ठिक हुन्छ। रुघाको लागि भिटामिन सीले राम्रो फाइदा गर्छ। कागती चियाले भिटामिन सी पनि परिपूर्ति गर्छ।

४ नियमित व्यायाम गर्नुहोस्

बिहान र बेलुका नियमित हिँड्नुहोस्। यसले शरीरमा रक्तसञ्चार बढ्छ। खाना खाँदा नियमित क्यालोरिनयुक्त खाना खानुहोस्। यदि हिँड्ने ठाउँ छैन भने एकै ठाउँमा उभिएर जगिङ गर्नुहोस्। यसले तपाईंको शरीर तात्छ र अल्छीपना हट्छ।

(विभिन्न स्वास्थ्यकर्मीहरूसँगको परामर्शमा तयार पारिएको सामाग्री)
प्रकाशित : २०७६ पुष ६, आईतवार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ