प्रदेश २ का एक गाउँपालिका अध्यक्ष सवारी ज्यान मुद्दामा जेल चलान


बारा, ६ पुस । जिल्लाको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत भेडिहर जेल चलान भएका छन् ।

जिल्ला अदालतले २०६३ भदौ २९ गतेको फैसला आदेशअनुसार अध्यक्ष राउतलाई सवारी ज्यान मुद्दामा २९ दिन जेल सजाय र २ हजार नगद जरिवानाको फैसला सुनाएको हो । सोही फैसला अनुसार अध्यक्ष राउत जेल चलान भएका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले अध्यक्ष राउतलाई आइतबार बिहान पक्राउ गरी अदालतमा उपस्थित गराए । अदालतले आइतबार नै कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएकाे प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ पुष ६, आईतवार १५:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ