सिरहामा नशालु ट्याब्लेट, ब्राउन सुगरसहित तीन युवक प्रहरी फन्दामा


मुकेश यादव/ लहान, ६ पुस । सिरहामा प्रतिबन्धित लागूऔषधसहित धमाधम मानिस पक्राउ पर्न थालेका छन् । सिरहाको विभिन्न ठाउँबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

लहान नगरपालिका ८ यातायात कार्यालय नजिकैबाट प्रहरीले एक जनालाई पक्राउ परेका छन् । लहान नगरपालिका १८ बस्ने वर्ष २५ को मोहमद सदामलाई प्रहरीले पक्राउ गरको छ । पक्राउ परेको सदामको साथबाट नाईट्राभेट ९ थान, गाँजा अन्दाजी ३०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै लहान नगरपालिका ४ स्थित ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा अर्नमा गाउँपालिका ४ का वर्ष २५ का अजय चौधरीलाई प्रहरी पक्राउ गरेको छ । उनको साथबाट ब्राउन सुगर ११० मिनीग्राम फेला परेको छ ।

प्रहरीले चौधरीसंग दिएको बयानको आधारमा लहान नगरपालिका ४ बस्ने वर्ष २४ को रंजित कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको हो । यादवको घर खानतलासी गर्दा ब्राउन सुगर ३५० मिनि ग्राम, नोर्फिन १ ऐम्पुल, डाईजोपाम १ ऐम्पुल, फेनारगन १ ऐम्पुल, नाईट्रोभेट १ ट्यावलेट बरामद भएको छ ।

प्रकाशित : २०७६ पुष ६, आईतवार १८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ