जनकपुरमा विकास पुरुष सिंहको श्रद्धाञ्जली सभा सम्पन्न, प्राचार्य साह सम्मानित


ओमप्रकाश साह / जनकपुरधाम, ६ पुस । जनकपुरधाम उपमहानगरपालिका १ स्थित विकास पुरुष मकेशवर संहको ९ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा गरिएको छ । मकेश्वर बाबु सामाजिक प्रतिस्ठानको आयोजनामा श्रद्धाञ्जलीसभा आइतबार सम्पन्न भएको हो ।

सभामा प्रदेश सांसद रामआशिष यादवले सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तित्वलाई सामाजले योगदानको कदर, सम्मान गर्नुपर्ने धारणा राखे । उनले मकेशवर बाबु नेताभन्दा बढी परिकल्पनाकार रहेको बताए ।

प्रतिष्ठानले प्रत्येक साल समाजिक क्षेत्रमा उत्कृष्ट काम गरेकालाई सम्मान गर्ने कार्यक्रम अनुसार यसबर्ष शिक्षा क्षेत्रमा नेपालमै नाम स्थापित गर्न सफल संस्थापक मोडेल मल्टिपल कलेजका प्राचार्य बिरेन्द्र कुमार साहलाई नगद पुरस्कर ५ हजार एक सय एक रुपैयासहित दोसल्ला ओढाइ सम्मान गरियो ।

श्रद्धाञ्जलीसभा कार्यक्रममा समाजसेवि अमर चन्द्र अनिल, इन्जिनियर प्रकाशचन्द्र साह, पुर्व मेयर बजरंग साह, राजपाका नेता जिल्ला अध्यक्ष मंडल, सदस्य संजय सिंहलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित : २०७६ पुष ६, आईतवार २१:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ