जनकपुरको शुक्रवारे बजार नजिकै फेरी शंकास्पद बस्तु भेट्यो, प्रहरी सडक ठप्प पारे !


जनकपुरधाम, ७ पुस । जनकपुरको शुक्रबारे बजार नजिकै फेरी आज एकाविहानै शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु कति बेला फेला परेको कुरा खुल्न सकेका छैन । तर अहिले प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन् ।

घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय पनि नजिकै पर्छ । शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा आवत जावत ठप्प पारेको छ । फेला परेको शंकास्पद बस्तु बम रहेको आशंका छ । तर बम नै हो भन्ने पुष्टि हुन सकेका छैन ।

उक्त शंकास्पद बस्तु पहिचानका लागि नेपाली सेनालाई प्रहरीले खबर गरिसकेको छ । सेनाको डिस्पोजल टोली पुगेपछि बम हो वा होइन यकिन गर्ने प्रहरीले जनाएको छ ।

यसअघि जनकपुरको संकटमोचन मन्दिर नजिकै दुई ठाउँमा र धनुषाधामको एक सामुदायिक विद्यालयमा शंकास्पद बस्तु फेला परेको थियो । तर ति बस्तुहरु बम भएको पुष्टि भएन ।

प्रकाशित : २०७६ पुष ७, सोमबार ०६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ