जनकपुरमा फेला परेको शंकास्पद बस्तु बम नरहेको पुष्टि


जनकपुरधाम, ७ पुस । जनकपुरको शुक्रबारे बजार नजिकै फेरी आज एकाविहानै फेला परेको शंकास्पद बस्तु बम नरहेको पुष्टि भएको छ ।

नेपाली सेनाको डिस्पोजल टोलीले शंकास्पद बस्तु बम नरहेको पुष्टि गरेको हो । जिल्ला प्रहरी कार्यालय नजिकै शंकास्पद बस्तु फेलापरेपछि प्रहरीले विहान ९ बजेसम्म घेरा हालेर बसेका थिए । सडकमा आवतजावत पनि ठप्प पारिएको थियो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान गएको थियो । त्यसपछि श्रृखलावद्ध रुपमा शंकास्पद ५ बस्तु विभिन्न ठाउँमा फेला परेपनि बम रहेको पुष्टि भएन ।

https://www.youtube.com/watch?v=wDYMWsynWQM
प्रकाशित : २०७६ पुष ७, सोमबार १०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ