सिरहामा गोली हानी तीन जनाको हत्या गर्ने व्यक्ति ३२ वर्षपछि पक्राउ


मुकेश यादब / लहान, ७ पुस । गोली हानेर हत्या गरेका एक फरार अभियुक्तलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका २० लगडी गदियानीका ६८ वर्षीय हिरबा सहनी छन् ।

घरमा लुकेर बसेको अबस्थामा कर्तब्य ज्यान मुद्दाका प्रतिवादी सहनीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाउँदा कैद भुक्तानका लागि कारागार चलान गरिएको सिरहा प्रहरीले जनाएको छ । कर्तब्य ज्यान मुद्दामा अदालतले उनलाई ३० वर्ष कैद सजाय सुनाएको थियो ।

प्रहरीका अनुसार साविकको कृष्णपुर गाविस ८ (हाल अर्नमा गाउँपालिका ५)का जगदेव यादवको छोरा रामनाथ यादव र रामचन्द्र यादवलाई गोली हानी कर्तब्य गरी मारेको थियो । साथै सिरहा नगरपालिका १९ स्थित गागन खोलामा ५/६ महिनाकी जाहेरवालाको नातिनीलाई पनि कर्तब्य गरी मारेको थियो ।

प्रकाशित : २०७६ पुष ७, सोमबार २०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ