सीके राउतको भविष्यवाणी – उपेन्द्र यादब जेल जान सक्छ


रौतहट, ७ पुस । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब जेल जानसक्ने भविष्यवाणी गरेका छन् ।

रौतहटको गौरमा मुस्लिम जनमत संघले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै कानून मन्त्री समेत रहेका यादब जेल जानसक्ने भनेर ज्योतिष जस्तै भविष्यवाणी गरेका हुन् । उनले भने, ‘उपेन्द्र यादब गौर हत्या काण्डमा जेल जानसक्छ । त्यसैले सरकारमा छन् ।’

राउतले उपेन्द्र यादब मधेसीलाई अधिकार दिलाउन नसक्ने पनि बताएका छन् । जो जेल जाने डरले सरकारमा बसिरहेका छन्, उसले मधेसी जनताको अधिकार कसरी दिलाउन सक्छन् भनेर प्रश्न तेर्साएका थिए । मधेसको अधिकारको कुरा गर्ने राउतले सभाको सम्बोधनमा अधिकांश समय मधेसी नेताकै आलोचनामा खचिएका थिए ।

प्रकाशित : २०७६ पुष ७, सोमबार २१:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ