उपेन्द्र यादव र इस्तियाक राईले दिए मंत्री पदबाट राजिनामा


काठमाडौं, ८ पुस । समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै पार्टीका दुवै जना मन्त्रीले राजीनामा दिएका छन् ।

ओली सरकारमा रहेका उपप्रधान एवं कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले केहीबेर अघि राजिनामा दिएका हुन् ।

संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विज्ञ टोली बनाउने प्रस्ताव अस्वीकृत भएको र २०७५ जेठ १४ गते भएको दुई बुँदे सहमति पालना गराउन वर्तमान नेकपा पछि हटेपछि मन्त्रीपदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।

प्रकाशित : २०७६ पुष ८, मंगलवार १५:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ