उपेन्द्र यादव र इश्तियाक राईको राजीनामा स्वीकृत


काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इश्तियाक राईले पदबाट दिएको राजीनामा स्वीकृत गरेकी छन् ।

नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड ९क० बमोजिम मन्त्रीद्वयले दिएको राजीनामा राष्ट्रपति भण्डारीले बुधबार स्वीकृत गरेकी हुन । राष्ट्रपतिले तत्कालका लागि दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिए ।

उपप्रधानमन्त्री यादव र मन्त्री राईले मंगलबार पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित : २०७६ पुष ९, बुधबार १९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ