अत्यधिक चिसो बढेपछि सर्लाहीमा कम्बल वितरण


मलंगवा । अत्यधिक चिसो बढेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा कम्बल वितरण गरिएको छ ।

जाडोबाट बढी प्रभावित विपन्न परिवार, एकल महिला, दलित र सिमान्तकृत समुदायलाई लक्षित गरी आज हरिपुर्वा–४ डुमरियामा २५७ थान र पर्सा गाउँपालिकाको जिंगडवामा ४६५ थान कम्बल वितरण गरिएको छ ।

वल्र्ड भिजनको सहयोगमा वाग्मती सेवा समाजले कम्बल वितरण गरेको हो । हरिपुर्वा नगरपालिकामा दुई हजार ४०० र पर्सा गाउँपालिकामा दुई हजार कम्बल वितरण गर्ने लक्ष्य रहेको वाग्मती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिनुभयो ।

यसैबीच सर्लाही जिल्लामा रहेको २० वटा स्थानीय तहमध्ये १३ वटा पालिकामा नेपाल रेडक्रसले समेत कम्बल वितरण गरेका छन् । नेपाल रेडक्रसका स्थानीय तहहरु रहेको उपशाखामार्फत कम्बल वितरण गरिएको हो ।

जिल्लाको मलङ्गवा, लालबन्दी, हरिवन, वाग्मती, कविलासी, गोडैता, बरहथवा, हरिपुर्वा, हरिपुर नगरपालिका र चन्द्रनगर, पर्सा, रामनगर, ब्रहम्पुरीमा कम्बल वितरण गरिएको छ । सबै पालिकामा गरी ६२५ कम्बल वितरण गरिएको नेपाल रेडक्रस सर्लाहीका सभापति नागेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ पुष ११, शुक्रबार २१:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ