वीरगन्ज महानगरपालिकाका कम्प्युटर अपरेटर १५ हजार घुससहित पक्राउ


वीरगन्ज। पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महानगरपालिकाको लेखा शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रामेश कुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले जैसवाललाई १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले उपभोक्ता समितिमार्फत सम्पन्न भएको कामको भुक्तानी दिने प्रयोजनका लागि लिएको घुुससहित जयसवाललाई पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित : २०७६ पुष १४, सोमबार १७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ