महोत्तरी पुगेर उपेन्द्र यादबले दिए ठूलो विस्फोट हुने चेतावनी


जनकपुरधाम, १४ पुस । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले संविधान संशोधन नगरी सरकार अगाडी बढे ठूलो विस्फोट हुने चेतावनी दिएका छन् ।

महोत्तरीको जलेश्वरमा समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादबले भने, ‘ज्वालामुखी भित्रभित्रै जलिरहेको हुन्छ र एक विन्दुमा पुगेपछि विस्फोट हुन्छ । त्यसरी नै मधेसी र पहाडका जनजाती भित्रभित्रै छटपटाई रहेको छ । यस्तै रहे ठूलो विस्फोट हुन्छ ।’ विस्फोटमा मधेसी जनताको जीत हुनेछ– उनले भने ।

संविधान संशोधन गराउने लक्ष्यका साथ संरकारमा गएको र त्यही लक्ष्यका साथ सरकार छाडेको उनले बताएका छन् । उनले अब संसद र सडक संघर्ष गर्ने बताए । सडक जनसंघर्ष नै सबभन्दा कारगर हुने उनको भनाई छ । उनले संघर्षबाटै लुट, खसोट र बेइमानहरुलाई ठेगान लगाउने पनि बताए ।

यस्तै समाजवादी पार्टीकी नेतृ रेणु यादबले सामाजिक संजाल फेसबुकमा उपेन्द्र यादबले मधेस बेच्यो भनेर लेख्ने विरुद्ध आक्रोस पोखेकी छन् । उनले आन्दोलनमा कहिल्यै सरकार नहुने र घरमा बसेर ठूलो बन्न खोज्नेहरु पार्टी अध्यक्षलाई बदनाम गराउन लागेको बताए । उनले फेसबुकमा लेख्नेहरुलाई संस्कार नबिर्सिन अपिल गरिन् ।

प्रकाशित : २०७६ पुष १४, सोमबार २०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ