जनकपुरमा मधेस भवन वरिपरि धर्ना र प्रदर्शन गर्न रोक लगाइयो


जनकपुरधाम, १५ पुस । जनकपुरको जनकपुर चुरोट कारखाना (मधेश भवन)को वरिपरि धर्ना तथा विरोध पर्दशन गर्नमा रोक लगाइएको छ।

प्रदेश २ सरकारको विभिन्न मन्त्रालय तथा मन्त्रीहरुको आवास रहेको क्षेत्रको मधेस भवन वरिपरिमा जिल्ला प्रशासन कार्यालय धनुषाले धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा अन्य मन्त्रालयहरु समेतको रहेको मधेश भवनको मुल प्रवेशद्धार दक्षिण पश्चिम रेल्वे लिकसम्म र सो स्थानबाट अर्को द्धार उत्तर पश्चिम तर्फको बीच सम्म एवं पश्चिम उत्तर द्धारको ५० मिटर आसपास सम्म कुनै प्रकारको धर्ना, अवरोध, विरोधजन्य प्रदर्श गर्न, गराउन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत अन्य मन्त्रालयका कार्यलयहरु रहेकोले यस संवेदनशील क्षेत्रमा विरोध प्रदर्शन गर्नु गलत रहेकोले निषधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।
सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा समितिको निर्णयानुसार मधेश भवन क्षेत्रमा निषेधाज्ञा जारी गरेको उनको भनाई छ ।

जिल्ला सुरक्षा समिति धनुषाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम सुरक्षाको संवेदनशीलता हेरेर निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा विरोध प्रदर्शन गरे कानून बमोजिम दण्ड सजायको भागिदार हुने जनाएको छ ।

प्रकाशित : २०७६ पुष १५, मंगलवार ०९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ