प्रशंसनीय कार्य : महेन्द्रनगरमा किसानले चिसोबाट बच्न वितरण गरे ५२ गरिब दलितलाई कम्बल


महेन्द्रनगर, १५ पुस । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरमा सोमबार एक किसानले जाडोबाट बच्नको लागि मुसहर, गरिव, दलित, अपांगहरुलाई कम्बल वितरण गरेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने ५५ वर्षीय किसान सन्त महेश महतो र उहाँको छोरा लाल किशोर महतोले आफ्नो व्यक्तिगत तर्फबाट ५२ जना गरिव, दलित, मुसहर, अपांग र विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण ज्यान जुगाउनै मुश्लिक भएको देखेपछि सन्त महतोको परिवारले दिगम्बरपुर, ईच्छापुर, रमदैया लगायत स्थानका ५२ जना मुहसर, गरिव, दलित, अपांग र विपन्नलाई जाडोबाट बच्न न्यानो कपडा कम्बल वितरण गरेको दाता लाल किशोर महतोले बताएका छन् ।

सरकारी निकाय, नगरपालिका र विभिन्न संघ संस्थाहरु सरकारी तथा दातृ निकायको बजेटमा कम्बल वितरण गरिरहेको समयमा महतोको परिवारले आफ्नो व्यक्तिगत खर्चबाट गरिवहरुलाई कम्वल वितरण गरेर समाजमा नयाँ सन्देश दिएको भन्दै स्थानीयहरुले प्रशंसा गरेका छन् । सन्त महेश महतो दिगम्बरपुरस्थित आफ्नै घरमा मुसहर, दलित, गरिव र विपन्न परिवारका व्यक्तिहरुलाई बोलाएर खाना खुवाउनुका साथै कम्बल वितरण गरेको स्थानीय राम उदगार महतोले जानकारी दिएका छन् । उक्त अवसरमा सयोंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका वडाअध्यक्ष अशेश्वर महतोको प्रमुख आतिथ्यमा भएको कम्बल वितरण कार्यक्रममा सन्त महेश महतो र उहाँको छोरा लाल किशोर महतोले कम्बल बाँट्दै गरिवहरुलाई सेवा गर्न पाएकोमा निकै खुशीको लागेको बताए । सोहि अवसरमा सुर्यनारायण महतो, परमेश्वर महतो, सत्यनारायण महतो, गंगालाल महतो, पलट महतोलगायतको उपस्थिति रहेको थियो ।

  • राजेश महतो
प्रकाशित : २०७६ पुष १५, मंगलवार १०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ