विद्युत चोरी मुक्त गाउँ बनाउने : प्रवक्ता सिंह


बारा, १५ पुष । दिनहु जसो बिधुत चुहावटमा पक्राउ परि कार्यवाही को भागी बनी रहेको बारा बासी हरुले , राजपा नेपाल बारा प्रबक्ता अरुण सिंहको विशेष पहलमा देवताल -१ ( बडकि फुलवरिया ) का दर्जनौं सर्वसाधारणले आज बिधुत प्राधिकरण शाखा कलैया बित्रन केन्द्र बाट नेपाल सरकारले तोकेको राजस्व बुझाइ घर-बतिको लागि नयाँ मिटर लियेका छन ।

केही महिना अगाडि देखि नै नेता सिंहले आफ्नै गाउँबाट बिधुत चोरी मुक्त अभियान सुरु गर्नु भएको  हुँदा यसो हुन गएको हो भन्ने कुरा त्यस कार्यालय का कर्मचारी कमलेस गिरि बताए ।

यता प्राधिकरण ले पनि दिनहु गाउँ -गाउँ मा चेक जाँच गरिरहेको पनि कर्मचारी गिरि बताउँछन् ।

युवा नेता सिंह को भनाइ मा आफुले सुरु गरेको यो अभियान जारी रहने भनेका छ्न भने असाध्यै गरिब तथा अति बिपन्न परिवारलाई नेपाल सरकार ले निसुल्क घर बति मिटर उपलब्ध गराइ दिनु हुन नेपाल सरकार सङ्ग आग्रह गरेका छन ।

प्रकाशित : २०७६ पुष १५, मंगलवार २१:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ