फिरौती १३ लाख रुपैयाँ माग्ने व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ


दाङ, १७ पुस । फिरौती रकम १३ लाख रुपैयाँ माग्ने एक जनालाई पोस्तोलसहित प्रहरीले दाङको घोराहीबाट पक्राउ गरेको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका ५ राङकोट्का ३४ वर्षीय राजकुमार दमाइलाई एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र एउटा मोटरसाइकलसहित पक्राउ गरिएकार्रे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राजकुमारले एक हप्ताअघि घोराही उपमहानगरपालिकाको वीपी चोकका एक व्यक्तिसँग १३ लाख रुपैयाँ फिरौती मागेको र ३ लाख रुपैयाँ दिँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ती व्यक्तिले राजकुमारले आफूसँग फिरौती रकम मागेको जानकारी प्रहरीलाई गराएका थिए । फिरौती रकम बापतको ३ लाख नक्कली रुपैयाँ लिन आएको अवस्थामा राजकुमार पक्राउ परेको प्रहरीले जनाएको छ ।

राजकुमारले को व्यक्तिसँग फिरौती रकम मागेका हुन् भन्ने बारे प्रहरीले खुलाएको छैन ।

प्रकाशित : २०७६ पुष १७, बिहीबार ०८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ