शहिदनगरका ३६ छात्र–छात्रा मोरङ पुगेर सेनाको प्रशिक्षण लिदै


सिबेन्द्र रोहिता/ जनकपुरधाम, १७ पुस । धनुषाको शहिदनगर नगरपालिका ३ स्थित जनता एकाइ माध्यमिक बिधालय यदुकुहाका ३६ छात्र–छात्रा नेपाली सेनाबाट प्रशिक्षणका लागि मोरङ पुगेका छन् ।

उक्त विद्यालयका कक्षा ९ मा अध्ययनरत १८ छात्र र १८ छात्रा दुई दिन अगाडी मोरङ पुगेर एनसिसि तालिम लिदैछन् । उनीहरुलाई सेनाले २२ दिन प्रशिक्षण दिने बताइएको छ । सेनाले हरेक वर्ष विद्यार्थीलाई छनोट गरी तालिम दिँदै आएका छन् ।

विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय, यदुकुहाका प्रहरी निरीक्षक दिपक बाबू केसी, समग्र जनउत्थान केन्द्र, लहानका सामाजिक परिचालक बलिराम कापर सहितको उपस्थितिमा विदाई गरेको थियो ।

प्रकाशित : २०७६ पुष १७, बिहीबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ