BREAKING- लहानबाट दुई इन्जिनियर र एक ओभरसियर घुससहित रंगेहात पक्राउ


लहान, १८ पुस । सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सिभिल इञ्जिनियर विनोद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले तीन लाख घुस रकमसहित पक्राउ गरेको छ । उनलाई शुक्रबार साँझ लहानमा रहेको कार्यालयबाट नै पक्राउ गरेको हो ।

यस्तै, इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ गरिएको तीनै जनालाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।

प्रकाशित : २०७६ पुष १८, शुक्रबार २०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ